काठमाण्डू– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक घटेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा कारोबार बन्द भएको थियो ।
३.१९ अंक घटेर नेप्से २७२६.९८ बिन्दुमा झरेको छ ।
धितोपत्रमा सूचीकृत कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.४७ अंकले घटेको छ ।
यस सेसनमा ५० स्टकको ७२ पटकको कारोबारमा १२ लाख ३ हजार ९१५ रुपैयाँ ९० पैसा बराबरको १ हजार ९६२ कित्ता शेयर खरिदबिक्री भए ।
जसमध्ये २२ कम्पनीको मूल्य बढेको छ भने २४ वटाको घटेको छ । ४ कम्पनी स्थिर छन् ।




प्रतिक्रिया