काठमाण्डू– साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनमा प्रतितोला ४ हजार रुपैयाँ र चाँदीमा ३ सय ५५ रुपैयाँले मूल्य घटेको हो ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला तीन लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँ प्रतितोका दरले खरिदबिक्री भइरहेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




प्रतिक्रिया