कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु

कैलालीको अत्तरियामा आकाशे पुल निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार पूजापाठसहित पुल निर्माण आयोजनाको शिलान्यास गरेका हुन्।

नगर प्रमुख भट्टले अत्तरिया चोकमा बढ्दो सवारी चाप र पैदलयात्रीको जोखिमलाई ध्यानमा राख्दै पुल निर्माणको योजना अघि बढाइएको बताए। उनका अनुसार पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापन सहज हुनुका साथै पैदलयात्रीको सुरक्षामा पनि सहयोग पुग्नेछ।

गोदावरी नगरपालिका का अनुसार आकाशे पुल निर्माणका लागि कुल एक करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँ लागत अनुमान गरिएको छ। नगरपालिकाले आफ्नै स्रोतबाट निर्माण सुरु गरेको हो।

निर्माणको जिम्मा क्रीजल त्रिनेत्र सिद्धनाथ जेभी ले पाएको छ। निर्माण कम्पनी र नगरपालिकाबीच २०८२ फागुन १० गते सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माण कार्य २०८३ पुस ३० गतेसम्म सम्पन्न गरिनेछ।