बङ्गलादेशमा आक्रमणको धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

बङ्गलादेशमा आक्रमणको धम्की दिँदै हिँड्ने पूर्वसैनिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बङ्गलादेशको आतंकवाद विरोधी प्रहरीले विमानस्थल, संसद् र धार्मिक स्थलहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनीपछि गत महिना सुरु भएको खोजतलासीका क्रममा पक्राउ परेका पूर्व सैनिकमाथि सोधपुछ सुरु गरेको छ ।

पूर्व सैनिक मोहम्मद राहद हुसेन महेदलाई भारतीय सीमा नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उत्तरपूर्वी जिल्लाको मौलभीबजारस्थित प्रहरी चौकीका प्रमुख मोहम्मद मोनिरुज्जमानले बताए ।

प्रतिआतंकवाद अधिकारीहरूले २३ वर्षीय महेदलाई सोधपुछ भइरहेको र उनी कट्टरपन्थी इस्लामिक समूहसँग जोडिएको बङ्गलादेश प्रहरीले बताएको छ ।

‘पक्राउ परेका व्यक्ति बर्खास्त सेनाका सदस्य हुन् र उनी प्रतिबन्धित सङ्गठन दौलतुल इस्लाम नियो–जेएमबीको विचारधाराबाट प्रेरित थिए,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अप्रिलको अन्त्यमा प्रहरीले सम्भावित आक्रमणको चेतावनी दिएपछि विमानस्थलको सुरक्षा कडा पारेको थियो र त्यसबेलादेखि खोजी जारी थियो ।

प्रहरीका अनुसार ती व्यक्तिले धारिलो हतियार, बन्दुक वा विस्फोटक पदार्थ प्रयोग गरेर विमानस्थल, संसद् र धार्मिक स्थललगायत प्रमुख प्रतिष्ठानहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएको बताइएको छ ।

बङ्गलादेश समय–समयमा अल–कायदा र इस्लामिक स्टेट समूहबाट प्रेरित घरेलु लडाकू समूहहरूको निशानामा पर्ने गरेको छ ।

घटनामा सन् २०१६ मा ढाकामा एक बेकरीमा भएको आक्रमणमा परी २२ जनाको मृत्यु भएको थियो । सोही समयमा अल–कायदासँग सम्बन्धित लडाकुहरूले बङ्गलादेशी मूलका अमेरिकी नागरिक अभिजित रोयसहित धेरै धर्मनिरपेक्ष लेखक र कार्यकर्ताहरूको हत्या गरेका थिए ।

सन् २०२१ मा एक धर्मनिरपेक्षवादी ‘ब्लगर’को हत्या गरेको आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।