काठमाण्डु-भारतको बिहार राज्यस्थित पटना जानका लागि प्लेटफर्म नम्बर ६ मा रहेको रेलमा आगलागी भएको छ । सासाराम रेलवे स्टेसनमा सोमबार बिहान एउटा गुड्नै लागेको रेलको डिब्बामा अचानक आगलागी भएको हो ।
मुख्य जनसम्पर्क अधिकारी सरस्वती चन्द्रका अनुसार आगलागी भएको बेलामा यात्रीहरु रेलमा नभएको हुँदा ठुलो दुर्घटना हुनबाट जोगिएको जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार रेलको बी ९३ डिब्बाको शौचालय भएको भागबाट सुरुमा धुवाँ निस्किएको देखिएको थियो। केही बेरमै धुवाँ आगोमा परिणत भएर बोगीभित्र फैलिएको थियो।
घटनाको जानकारी पाउनेबित्तिकै रेलवे प्रशासन र सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। आगो लाग्नुको स्पष्ट कारण अझै खुल्न सकेको छैन। रेलवे प्रशासनले यसबारे थप अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ।




प्रतिक्रिया