प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ सोमबारदेखि काठमाण्डुमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले गरेका छन् ।

नेपाली सेना र नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १३ वटा क्लबका २१८ जना खेलाडी सहभागी छन् ।

टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले २०७८ देखि सञ्चालन हुँदै आएको प्रतियोगितामा खुलातर्फ पुरुष एकल तथा युगल, महिला एकल तथा युगल विधा समावेश गरिएको छ ।

भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथिका एकल तथा युगल विधा तथा ७० वर्षमाथिको एकल विधामा प्रतिस्पर्धी छन् ।

जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस संघ, नेपाल ओलम्पिक कमिटी, विभिन्न टेनिस क्लबका पदाधिकारी, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति थियो ।