काठमाण्डु – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ।
मंगलबार सुन प्रतितोला पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै सुन प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढ्दै पाँच हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया