धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, शुक्रबार छलफल हुने*

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, शुक्रबार छलफल हुने*

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जना उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिले मंगलबार सूचना जारी गर्दै सूचीमा परेका उम्मेदवारहरूको नाम र उनीहरूसँग गरिने छलफलको तालिका सार्वजनिक गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित समितिले गत २०८३ वैशाख १५ गते इच्छुक व्यक्तिहरूबाट व्यक्तिगत विवरण (बायोडाटा) माग गरेको थियो । तोकिएको म्यादभित्र आवेदन दिने ४७ जनामध्येबाट समितिले ४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको छ । जसमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट रहेका छन् । तीनै जनालाई शुक्रबार छलफलका लागि अर्थ मन्त्रालय सिंहदरबारमा बोलाइएको छ ।

छलफलपछि समितिले मन्त्रिपरिषद्समक्ष नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस भएकामध्ये १ जनालाई मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

  • सच्याइएको