काठमाण्डू– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूमाथि लागेको ‘नेपोबेबी’ भन्ने आरोपको जवाफ दिएका छन
संसदीय सुनुवाई विशेष समितिमा सांसदहरु र उजुरीकर्ताका प्रश्नको जवाफ दिने क्रममा मंगलबार उनले कसैको नाताभित्रको मानिस हुँदैमा जिम्मेवारी लिनु हुँदैन भन्ने तर्कमा सहमत नभएको बताए ।
‘कसैको पारिवारिक नाताभित्रको हुँदैमा नियुक्ति पाउनु हुँदैन भन्ने कुरा ठीक छैन’, शर्माले भने ।
उनले आफु कसैसँग नाता परेका कारण नभई क्षमता र योग्यताकै आधारमा प्रधानन्यायाधीशको जिम्मेवारी लिने अवस्थामा आइपुगेको दाबी गरे ।
शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका सहोदर भतिजा भएको भन्दै ‘नेपोबेबी’ को आरोप लागेको थियो ।




प्रतिक्रिया