काठमाण्डू– प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाई सकिएको छ ।
सांसदहरुको प्रश्नको जवाफ र कार्ययोजना प्रस्तुति सकिएपछि आजै शर्माको नियुक्ति सिफारिस अनुमोदन हुने भएको छ । सुनुवाई समिति सभापति बोधनारायण श्रेष्ठले आजै नाम अनुमोदन गर्ने तयारी रहेको जानकारी दिए ।
सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले आफू पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पारिवारिक सदस्य भए पनि नियुक्त लिन मिल्दैन भन्ने तर्क ठीक नभएको बताए । यस्तै उनले सर्वोच्च अदालतमा कुनै गुटबन्दी नरहेको जिकिर गरे ।
यस्तै बार र बेञ्चका बीचमा पनि कुनै असमझदारी नरहेको जिकिर गरे । शर्माले सकेसम्म न्यायालयबाहिरबाट सर्वोच्चमा न्यायाधीश नियुक्ति गर्ने पद्धति रोक्ने बताए । उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चमा पहिलो प्राथमिकतामा राखिने उनको भनाइ थियो ।
सुनुवाई अनुमोदन भएसँगै आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलेबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको संसद् सचिवालय श्रोतले जनाएको छ ।
विपक्षी दलले भने सत्तारुढ रास्वपाले बहुमतको आडमा हतारहतार संसदीय सुनुवाई सकाएर नियुक्ति गर्न लागिएको भन्दै विरोध जनाएका छन् ।




प्रतिक्रिया