काठमाण्डू– साताको दोश्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक एकल अंकले घटेको छ ।
नेप्से ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकममा भने केही वृद्धि भएको छ ।
सोमबार २ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको बजारमा यसदिन ३ अर्ब ८ करोड रूपैयाँको कारोबार भयो । ३४६ वटा धितोपत्रको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच भयो ।
१ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ४५ वटाको घटेको छ । १२ कम्पनी स्थिर छन् । कर्पोरेट डेभलपमेन्टको मूल्य सर्वाधिक १४.२६ प्रतिशतले बढेको छ ।
सिटी होटलको मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६८ रूपैयाँमा झरेको छ । सर्वाधिक कारोबार पनि सिटी होटलकै भयो ।
सोमबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ ।
बाँकी नौ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ ।




प्रतिक्रिया