काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।
जयपुरमा मंगलबार साँझ भएको खेलमा लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा गर्यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको स्थानमा उक्लिएको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । लखनउ ८ अङ्कसहित तालिकाको पुछारमा छ ।
राजस्थानका लागि वैभव सूर्यवंशीले ९३ रन बनाए । पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले ९६ रन तथा जोश इङ्ग्लिसले ६० रन बनाए । राजस्थानका स्पिनर यश राज पुन्जाले २ विकेट लिए ।
आईपीएल क्रिकेटमा बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यो खेल बेलुकी पौने ८ बजे इडन गार्डेनमा हुनेछ ।




प्रतिक्रिया