प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान (सूचनासहित)

प्रेस काउन्सिल, गोरखापत्र र सार्वजनिक सेवा प्रसारण संस्थामा दरखास्त आह्वान (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ ।

यसैगरी गोरखापत्रको महाप्रबन्धकका लागि पनि दरखास्त आह्वान भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त अध्यक्ष र महाप्रवन्धक पदका लागि दरखास्त आह्वान गरेको हो ।

तीनवटै पदका लागि जेठ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दरखास्तका लागि आवश्यक पर्ने विस्तृत विवरण, मापदण्ड र फाराम मन्त्रालयको आधिकारिक वेबसाइट www.mocit.gov.np मा उपलब्ध गराइएको छ।

सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि यी पदहरूमा दरखास्त आह्वान गरेको हो ।