काठमाण्डु- सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा तारकेश्वर नगरपालिकाले डोजर चलाएर भत्काएको छ ।
तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा तथा अन्य संरचनामा डोजर चलाएको छ ।
नगरपालिकाले बिहीबार बिहानदेखि अतिक्रमित संरचना हटाउने अभियान सञ्चालन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काएको हो ।
यसअघि नै स्थानीय पसल तथा व्यवसायीलाई सूचना र चेतावनी दिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।








प्रतिक्रिया