मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको नेतामा यादव चयन

मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको नेतामा यादव चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् ।

बिहीबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको छ ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बिचमा एकता भए पनि मधेश प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय रहेका थिए । संख्या १ भएजस्तै प्रदेशस्तरमा दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि मधेश प्रदेशको दलको नेतामा पूर्वमुख्यमन्त्री यादव सर्वसम्मतले चयन गरेको छ ।

मधेश प्रदेश सभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेश प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । जसपा नेपालका २ जना प्रदेशसभा सदस्य हाल निलम्वनमा छन् ।