काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् ।
सभापति लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि र मधेस प्रदेशका सांसदहरुसँग दिउँसो साढे १ बजेदेखि छलफल गर्नेछन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुनेछ । छलफलमा सहभागी हुन काठमाण्डुमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ । बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रममा आयोजना हुने पनि पार्टीले जनाएको छ ।




प्रतिक्रिया