काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्गसलाई हराएको छ ।
अहमदावादमा भएको खेलमा गुजरातले चेन्नईलाई ८९ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेट गुमाएर २२९ रन बनाएको थियो ।
गुजरातले दिएको २३० रनको लक्ष्य पछयाएको चेन्नई १३ ओभर ४ बलमा १४० रन बनाएर अलआउट भयो । गुजरातका साई सुदर्शनले ५३ बलमा ८४ रन बनाए । कप्तान शुभमन गिलले ३७ बलमा ६४ रन बनाए । त्यस्तै चेन्नइलाई सस्तैमा समेट्न मोहम्मद सिराज, राशिद खान र कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै ३र३ विकेट लिए ।
यस हारसँगै चेन्नई प्लेअफ समीकरणबाट बाहिरिएको छ । आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात १४ खेलमा १८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा शुक्रबार बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराईजर्स हैदरावादले खेल्दैछन् ।




प्रतिक्रिया