एमालेले आज कार्यविभाजनलाई अन्तिम रूप दिँदै

एमालेले आज कार्यविभाजनलाई अन्तिम रूप दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा एमालेले नेताहरूको कार्यविभाजनलाई शुक्रबार अन्तिम रूप दिँदैछ । यसका लागि शुक्रबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ।

सचिवालय बैठक बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बस्नेछ।

जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिन लागिएको हो ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रूप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी एमालेको छ।

मंसिर २७–२९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो।

यसपटकको कार्यविभाजनमा एमालेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई संगठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसंगठन र डा।सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ।

उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभागहरूका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ। अध्यक्ष ओलीको प्रस्तावमा अधिकांस केन्द्रीय सदस्यलाई मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएको छ।

एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको छ। सोही अनुरूप अध्यक्ष ओलीको प्रस्तावमा अधिकांश केन्द्रीय सदस्यहरूलाई ‘मिसन स्थानीय चुनाव’ को कार्यभारसहित जिम्मेवारी तोकिएको छ ।