काठमाण्डु- केन्द्रीय चलचित्र जाँच समितिको नाम परिवर्तन भएको छ । यसअघि ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा अब भने ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ ।
समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् ।
‘समितिले प्रदान गर्ने प्रमाण पत्रमा अब अङ्ग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ रहने छ भने नेपालीमा पुरानै नाम केन्द्रीय चलचित्र जाँच समिति रहनेछ।
बास्तोलाले समितिको नाम पहिलेदेखि प्राक्टिस सेन्सर बोर्ड भनिए पनि नेपाली नाम अङ्ग्रेजी गर्दा ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ हुने बताए । नाम कार्यविधि वा ऐन मार्फत परिवर्तन भन्दा पनि नेपाली नाम अनुसार मिलाएको बास्तोलाको भनाइ छ ।




प्रतिक्रिया