नेपालले अमेरिकालाई १२२ रनले हरायो

नेपालले अमेरिकालाई १२२ रनले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ । नेपालसँग अमेरिका १२२ रनले हारेको हो ।

नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो ।

अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन,शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगे २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २(२, सोमपाल कामीले एकएक विकेट लिए ।

इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपाल उच्च योगफल बनाउन सफल भयो।

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा पाण्डेले ८३ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८४ रन बनाए। २९ बलमा अर्धशतक पूरा गरेका ऐरीले ३६ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५९ रन बनाए।

कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए। बलिङतर्फ अमेरिकाका शुभम रन्जानेले तीन तथा मिलिन्द कुमार र रुशिल उगारकरले एक–एक विकेट लिए। नेपालका तीन ब्याटर रनआउट भए।