आईपीएल : पञ्जाबद्वारा लखनउ ७ विकेटले पराजित, आज मुम्बई र राजस्थान तथा कोलकाता र दिल्ली खेल्दै

आईपीएल : पञ्जाबद्वारा लखनउ ७ विकेटले पराजित, आज मुम्बई र राजस्थान तथा कोलकाता र दिल्ली खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

लखनउमा शनिबार साँझ भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

१९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित १०१ रन बनाए । अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा आइतबार २ वटा खेल हुँदैछन् ।

पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो पौने ४ बजे हुनेछ भने अर्को खेल बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डेन्समा हुनेछ ।