भारतमा लु लागेर १६ जनाको मृत्यु

भारतमा लु लागेर १६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा लु (तातो हावा) लागेर १६ जनाको मृत्यु भएको छ । तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावा)का कारण १६ जनाको मृत्यु भएको हो ।

राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको बताएका छन् ।

मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारीहरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए ।

राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ ।