काठमाण्डु – अमेरिका र इरान ६० दिनको युद्धविराम सम्झौता गर्ने विषयमा समझदारी नजिक पुगेका छन् ।
समाचार संस्था एक्सिओस न्यूजका अनुसार दुई देश ६० दिने युद्धविराम विस्तार सम्झौताको निकै नजिक पुगेका छन् ।
यो सम्झौता अन्तर्गत होर्मुज जलडमरु पुनः खोलिनेछ । इरानले युद्धविराम अवधिभर होर्मुजमा राखिएका बारुदी सुरुङ हटाउन सहमत हुनुपर्ने भनिएको छ।
सम्झौतामा स्ट्रेट अफ होर्मुज क्रमिक रूपमा पुनः खोल्ने विषय पनि समावेश हुनेछ, जुन दुवै देशले आ–आफ्नो अवरोध र नाकाबन्दीपछि उठाएका प्रमुख मुद्दामध्ये एक हो ।
शनिबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्सिओस न्यूजसँग कुरा गर्दै अमेरिका इरानसँग सम्झौता गर्ने वा पुनः युद्ध सुरु गर्ने ५०/५० सम्भावना रहेको बताएका थिए ।
राष्ट्रपति निकट स्रोतहरूले उनी शनिबार सुरक्षा क्याबिनेटसँग बैठक गर्ने र सम्भवतः आइतबारसम्म सम्झौतामा हस्ताक्षर गर्ने वा युद्ध पुनः सुरु गर्ने निर्णय लिन सक्ने बताएका छन् ।
यो समाचार पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असीम मुनिरले इरानको राजधानी तेहरान छोडेपछि आएको हो, जहाँ उनले इरानी विदेशमन्त्री अब्बास अराघची, राष्ट्रपति मसूद पेजेशकियन र संसद सभामुख मोहम्मद बाघेर घालिबाफसँग वार्ता गरेका थिए ।
यसबीच पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले राष्ट्रपति ट्रम्पलाई शान्ति स्थापना गर्न गरेको असाधारण प्रयासका लागि बधाई दिएका छ्न्
चीन भ्रमणमा रहेको उनले सामाजिक सञ्जाल एक्समा उनले साउदी अरब, कतार, टर्किए, इजिप्ट, यूएई, जोर्डन र पाकिस्तानका नेताहरूसँग भएको छलफल उपयोगी र फलदायी भएको बताएको छन ।
‘यो छलफलले वर्तमान क्षेत्रीय परिस्थितिबारे विचार आदान–प्रदान गर्ने र क्षेत्रीय दिगो शान्ति स्थापना गर्ने उद्देश्यले चलिरहेका शान्ति प्रयासहरूलाई अघि बढाउने उपयोगी अवसर प्रदान ग।ेको छ’, उनले लेखेका छन् ।




प्रतिक्रिया