पाँच खेलाडीले यु-२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

पाँच खेलाडीले यु-२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका पाँच खेलाडीले यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

२२औँ यु–२० एसियाली एथलेटिक्स च्याम्पियनसिप मे २८ देखि ३१ तारिखसम्म हङकङमा हुँदैछ । च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित ८ सदस्यीय नेपाली टोली मंगलबार हङकङ जाँदैछन् ।

च्याम्पियनसिपमा नेपालका ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुषमा बादल कार्कीले १ हजार ५ सय/३ हजार मिटर दौड तथा प्रवीण रानाले १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्।

महिलामा अनुष्का अधिकारीले १ सय/२ सय मिटर दौड, नारायणी भण्डारीले ८ सय/१ हजार ५ सय मिटर दौड र संगीता विकले ४ सय/८ सय मिटर दौडमा खेल्नेछन्। प्रशिक्षकमा रामबहादुर ओली तथा व्यवस्थापकमा गजबहादुर गुरुङ र दिलबहादुर बम रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले सोमबार एक कार्यक्रमबिच बिदाइ गरेको छ।