म्याग्दीको सिरुवारीमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दीको सिरुवारीमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड अवरुद्ध छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा गाडी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाडी बीच बाटोमै रोकिएका हुन् ।

स्थानीयवासीको साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरिएको छ ।

पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ ।