एसियन गेम्स क्वालिफायरमा नेपाल र चीन खेल्दै

एसियन गेम्स क्वालिफायरमा नेपाल र चीन खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसियन गेम्स महिला छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो खेलमा बुधबार चीनसँग प्रतिस्पर्धा गर्दै छ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। पहिलो खेलमा इन्डोनेसियालाई हराएको चीन नेपालसँगको खेलमा नेपाललाई हराउन गर्न चाहन्छ।

चीनले पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले हराएको थियो। नेपालले भने पहिलो खेल खेल्न लागेको हो। समूह बीमा रहेको नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ।

तीन टोली रहेका समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह एमा घरेलु टोली मलेसिया, हङकङ र थाइल्यान्ड छन्।