काठमाण्डु – काठमाण्डु अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि सुरु भएको छ ।
महोत्सव पाँच दिनसम्म ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टरमा चल्नेछ ।
महोत्सवमा २९ देशका ५० भन्दा बढी देशको चलचित्र प्रदर्शनमा गरिने आयोजकले जनाएको छ । यसमा अन्तर्राष्ट्रिय फिचर, वृत्तचित्र, छोटो चलचित्र तथा साहित्य कथामा आधारित चलचित्र समेटिने छ।
‘नेपाल पनोरमा’ महोत्सवअन्तर्गतको खण्डमा नेपाली समाज र स्थानीय जीवनका कथालाई केन्द्रमा राखिएको छ । महोत्सव निर्देशक रम्यता लिम्बु अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा पनि गम्भीर संवादलाई प्राथमिकता दिएको छ।
महोत्सवको उद्घाटन नेपालीमुलकी भारतीय निर्देशक त्रिवेणी राई निर्देशित चलचित्र ‘शेप अफ मोमो’ बाट भएको छ ।
अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्र र उत्कृष्ट फिचर फिक्सनलाई जनही १५०० अमेरिकी डलर तथा उत्कृष्ट छोटो वृत्तचित्र र छोटो फिक्सनलाई जनही १००० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
साथै नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। किम्फ दर्शक पुरस्कार पनि एक लाख रुपैयाँकै छ।




प्रतिक्रिया