काठमाण्डु– काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल आज सेमिफाइनलमा इरानसँग भिड्दै छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बहुउद्देश्यीय कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
समूह चरणको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।
दोस्रो खेलमा कीर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिभ्समाथि समान ३–० को सेटमा नेपाल विजयी भएको थियो।
आजै हुने पहिलो सेमिफाइनल खेलमा भारत र कजाकिस्तान भिड्दै छन्। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।




प्रतिक्रिया