काठमाडौं – सरकारले हालै निर्धारण गरेको मर्यादाक्रमप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगको शुक्रबार बसेको बैठकले निर्धारित मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका सदस्यरआयुक्तहरूलाई प्रमुखको मर्यादाक्रमलगत्तै राख्न माग गरेको छ ।
संवैधानिक परिषदको सिफारिस तथा संसदीय सुनुवाइको प्रक्रिया पार गरी राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीलाई सरकारका कर्मचारी ९मुख्यसचिव र प्रधानसेनापति० भन्दा धेरै पछाडि राखिनु गलत रहेको आयोगले जनाएको छ ।
मर्यादाक्रममा संवैधानिक निकायका प्रमुखलाई माथि राखिए पनि अन्य पदाधिकारी तथा सदस्यलाई मुख्यसचिव र प्रधानसेनापतिभन्दा पछाडि राखिएकोप्रति संवैधानिक निकायले आपत्ति प्रकट गर्दै आएका छन् ।
लोकसेवा आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगले नयाँ मर्यादाक्रमप्रति आपत्ति जनाइसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया