कान्तिपुर थिएटरमा नाटक महाभारत

कान्तिपुर थिएटरमा नाटक महाभारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक महाभारत मञ्चन सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीको थिएटरमा हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक नाटकमा अभिनय गर्नलागेको हो ।

साथै, कलाकार तथा निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको अभिनयले पनि नाटकलाई थप अपेक्षित बनाएको छ । सन्दीप श्रेष्ठ प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकार पनि महाभारतका लागि कान्तिपुर थिएटरको मञ्चमा देखिँदैछन् ।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेको हो । नाटकको अनुवाद प्रकाश दाहालले गरेका हुन् ।

सेट डिजाइन तुफान थापा लाइट डिजाइन दीपेश गजुरेल सङ्गीत संयोजन तथा गायन अनुप तिमिल्सिना कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेको छ ।