काठमाण्डु– सरकारले सम्पन्न नागरिकलाई सामाजिक सुरक्षा भत्ता नलिन आग्रह गरेको छ ।
संघीय संसद बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लले उक्त आग्रह गरेका हुन् ।
आर्थिक रुपमा सम्पन्नलाई स्वेच्छिक रुपमा सुरक्षा भत्ता त्याग्न उनले आग्रह गरे ।
त्यसका लागि ‘सक्नेले छोडौं, नसक्नेलाई जोडौं’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिने उनले बताए ।
सामाजिक सुरक्षा भत्ता त्याग्नेलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको रूपमा सम्मान गर्ने घोषणा अर्थमन्त्रीले गरे ।




प्रतिक्रिया