काठमाण्डु- सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेटमा खेलकुदका लागि पर्याप्त बजेट विनियोजन गरेको छ ।
नेपाली खेलकुदमा पूर्वाधार लगानीलक्षित गरेर सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेका छन् ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार बजेट प्रस्तुत गर्दै खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेका छन् ।
गत वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बजेट थियो । तर यस वर्ष ४ अर्ब ३ करोडको बजेट खेलकुदका लागि मात्र विनियोजन गरिएको हो । त्यसअनुरुप खेलकुदको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको बजेट हो ।
अर्थ मन्त्रालयले खेलकुदलाई तीन अर्ब २० करोडको सिलिङ दिएको थियो । तर, सिलिङभन्दा ८२ करोड थपसहित बजेट थपेर आएको हो ।
नेपालले यस वर्ष २० औं एसियाली खेलकुदमा भाग लिनुपर्ने, १० औं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भएकाले पनि बजेटको आकार ठूलो भएको हो ।
प्रस्तावित बजेटमा फाप्ला क्रिकेट मैदान निर्माण समावेश थिएन । सोही कारण प्रस्तावभन्दा बढी बजेट आएको हुन सक्ने जनाइएको छ ।
बजेटमार्फत् सरकारले आठ वटा शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माणसँगै सात वटा शहरमा दुई हजार क्षमताको इन्डोर मल्टिपरपोज स्टेडियममा बनाउने आगामी पाँच वर्षको दीर्घकालीन योजना अघि सारेको छ ।
बहुउद्देश्यीय इन्डोर हल विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा बन्ने भएका छन् ।
यद्यपि बजेटमा क्रिकेट रंगशाला निर्माण, बहुउद्देश्यीय इन्डोर निर्माण र खेलाडीलाई अवकाशपछि निशुक्त स्वास्थ्य उपचार गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रममा समावेश गरिएको छ । साथै ग्रासरुटदेखि नै खेल विकासका लागि सरकारले विद्यालय तहदेखि नै आवसीय सुविधासहित तालिम दिने व्यवस्था गर्ने भएको छ ।
आगामी तीन वर्षभित्र आठ हजार दर्शक क्षमताका फुटबल मैदान बनाउने सरकारको बजेटमा उल्लेख छ । साथै उक्त स्टेडियममा १० वटा फ्लड लाइट जोडिने छन् ।
मूलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरीजाप्रसाद कोइराला रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गरिने छ ।
विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजिवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा बजेटमा गरिएको छ ।
यस्तै, काठमाण्डुका दशरथ रंगशाला र पोखरा रंगशालामात्र तयार रहेको अवस्थामा अन्य प्रमुख क्षेत्रका फुटबल रंगशालाको स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।
एशियन गेम्सलाई छैन बजेट
तर बजेटमा जापानमा आउँदो सेप्टेम्बरमा हुने २०औँ एशियन गेम्सको तयारी र बजेट समावेश भएको छैन ।
वर्तमान सरकारले पनि कर्णाली प्रदेशमा आयोजना हुने दशौं खेलकुदका लागि बजेटलाई निरन्तरता दिएको छ । मधेशमा हुने एघारौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याएको छ ।
एसियन गेम्स, दशौँ राष्ट्रिय खेलकुद र पारा खेलकुदजस्ता महत्त्वपूर्ण आयोजना कार्यक्रममा समावेशसहित बजेट प्रस्ताव भएको थियो । तीमध्ये जापानमा हुने २०औँ एसियन गेम्सको तयारीका लागि भने बजेटमा कतै उल्लेख छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्स तयारीका लागि १५ देखि १६ करोड रुपैयाँ माग गरेको थियो ।




प्रतिक्रिया