काठमाण्डु – एसियाली खेलकुदमा छनोट हुन जित्नै पर्ने दबाबमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दै छ।
एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार दिनको पौने १२ बजे सुरु हुनेछ। एसियाली खेलकुद यही वर्ष जापानमा हुँदैछ ।
मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान पक्का गर्नेछ। यो खेलमा हार भोगे नेपाली टोली एसियाली छनोटबाट बाहिरिने छ।
सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग २ विकेटले पराजित भएपछि नेपाली टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो।
समूह चरणमा नेपाल र चीन एकै समूहमा थिए। समूह चरणको खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो। छनोटको फाइनलमा स्थान बनाएका मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन्।




प्रतिक्रिया