एशियाली खेलकुदमा नेपाली महिला क्रिकेट टोली छनोट हुन असफल, चीनसँग ५ विकेटले पराजित

एशियाली खेलकुदमा नेपाली महिला क्रिकेट टोली छनोट हुन असफल, चीनसँग ५ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डाु-नेपाली महिला क्रिकेट टोली एशियाली खेलकुदमा छनोट हुन असफल भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको प्रतिस्पर्धामा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपाल छनोट हुन असफल भएको हो ।

वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो । नेपालकी कविता कुँवरले नटआउट २२ रन बनाइन् । चीनकी मा रुइकेले २ विकेट लिइन् ।

डीएलएस नियममा ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीनले ५ विकेट गुमाएर अन्तिम ओभरमा भेटायो ।
नेपाललाई हराएसँगै चीन एशियन खेलकुदमा छनोट भएको छ । यस्तै यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेशिया पनि छनोट भएका थिए ।

प्रतियोगिताको समूह एमा थाइल्यान्ड, मलेशिया र हङकङ थिए । यस्तै समूह बीमा नेपाल, चीन र इन्डोनेशिया थिए ।