साफ महिला च्याम्पियनशिप : सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

साफ महिला च्याम्पियनशिप : सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्ने भएको छ ।

भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आएतबार भएको समूह ‘बी’को अन्तिम खेलमा घरेलु टोली भारतले बङ्गलादेशलाई ३–० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पूरा भएको हो ।

अब सेमिफाइनलमा नेपालले बङ्गलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ । नेपाल समूह ‘ए’ को विजेता बनेको छ भने बङ्गगलादेश समूह ‘बी’ को उपविजेता बन्यो । समूह ‘ए’बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

समूह ‘बी’बाट घरेलु टोली भारत समूह विजेता र बङ्गलादेश समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन् ।

सेमिफाइनलका खेलहरु बुधवार हुनेछन् । आठौँ संस्करणको साफ महिला च्याम्पियनशिपको फाइनल खेल जेठ २३ गते हुनेछ । भारतले सबैभन्दा धेरै ५ पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो दुई संस्करणको विजेता हो ।

पछिल्लो दुई संस्करणको फाइनलमा बङ्गलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । सन् २०२२ र २०२४ मा काठमाण्डौमा भएका साफ महिला च्याम्पियनशिपमा नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।

नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ ।