Breaking : परराष्ट्रमन्त्री खनाल ६ जुनमा भारतको औपचारिक भ्रमणमा जाने तय

Breaking : परराष्ट्रमन्त्री खनाल ६ जुनमा भारतको औपचारिक भ्रमणमा जाने तय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनाल ६–७ जुनमा नयाँदिल्ली जान लागेका हुन् ।

हाल भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोलीले उच्च महत्त्व पाएका बेला रास्वपा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार खनालको भ्रमण औपचारिक हुनेछ ।

परराष्ट्रमन्त्री खनालको भ्रमणमा द्विपक्षीय हितका सबै विषयमा ‘चेकलिस्ट’ बनाएर काम गरिने नयाँदिल्ली भ्रमणमा रहेका रास्वपा सचिवालय सदस्य दिपक बोहराले बीबीसी नेपाली सेवालाई जानकारी दिएका छन् ।