बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने

बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले बलगर (बलियो) संघीयताको माग राख्दै आईतबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।

संघीयतालाई बलियो बनाउनुपर्छ भन्दै यसअघि ‘नौलो गणतन्त्र’का लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणाबाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन ।

२०८१ जेठ १५ गते भृकुटीमण्डपबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो । भोलि आईतबार केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, जिल्ला कार्यसमितिको पूर्ण बैठक बस्ने अध्यक्ष राउतको सचिवालयले जनाएको छ । बैठकमा सहभागी हुन नेताहरू काठमाण्डु पुगिसकेका छन् । त्यहीँ मौकामा जनमत पार्टीले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखेको जनाइएको छ ।