भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

भारतमा खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा घरेलु एलपीजी सिलिन्डरको भाउ फेरि बढेको छ । बढेको नयाँ दर आइतबारदेखि लागू भएको छ । मूल्य प्रति सिलिण्डर २९ भारतीयले महँगो भएको छ।

दिल्लीमा १४.२ किलोग्राम ग्यास सिलिन्डरको मूल्य ९१३ भारुबाट बढेर ९४२ भारु पुगेको छ। यो तीन महिनामा एलपीजीको मूल्यमा भएको दोस्रो वृद्धि हो। यसअघि मार्च ७ मा एलपीजी सिलिन्डरको मूल्य ६० भारुले बढाइएको थियो। यसरी तीन महिनाभित्र घरेलु सिलिन्डरको मूल्य ८९ भारुले महँगो भएको छ।

समाचार एजेन्सी पीटीआईकाका अनुसार तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा बढेको ऊर्जा लागत र घरेलु बिक्रीमा भएको नोक्सानीका कारण मूल्य बढाउनु परेको तर्क गरेका छन्।

सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरूले प्रतिघरेलु सिलिन्डर लगभग ७०० भारु घाटा बेहोरिरहेको रिपोर्ट गरेको छ। मूल्य वृद्धिले यो घाटालाई आंशिक रूपमा मात्र क्षतिपूर्ति गर्नेछ।

पछिल्ला केही हप्ताहरूमा पेट्रोल, डिजेल र सीएनजीको मूल्य पनि बढेको छ। मे महिनामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७.५० भारुले बढेको छ, जबकि सीएनजी प्रतिकिलोग्राम लगभग ६ भारुले महँगो भएको छ। कम्पनीहरूले पेट्रोलमा प्रतिलिटर लगभग ११ भारु र डिजेलमा प्रतिलिटर ३३.६ भारुले घाटा बेहोरिरहेका छन्।

यसको बाबजुद पनि कम्पनीहरूले पेट्रोल र डिजेल अझै पनि लागतभन्दा कम मूल्यमा बिक्री भइरहेको दाबी गरेका छन्।