काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाण्डुको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।
निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।
सभापतिमा शाक्य २५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित भए। उनले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरे । खड्काले २११ मत प्राप्त गरेका थिए।
त्यस्तै सचिवमा सन्तमान महर्जन र सहसचिवमा सौरभ बस्नेत विजयी भएका छन ।
यस्तै सदस्यमा सम्शेर बहादुर श्रेष्ठ, केदार प्रसाद रैला, बलराम कार्की राजेन्द्र मुनि बज्राचार्य, प्रकाश चौलागाईं र रत्न काजी महर्जन विजयी भएका छन् ।




प्रतिक्रिया