कपिलवस्तु– एमाले नेता एवं पूर्वसांसद् मंगलप्रसाद गुप्ताको निधन भएको छ । गुप्ताको उपचारका क्रममा आइतबार नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो ।
एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले हृदयघातपछि उपचारका क्रममा गुप्ताको निधन भएको बताए ।
८१ वर्षीय गुप्ता ०७९ को निर्वाचनमा एमालेका तर्फबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
गुप्ताको मंगलबार नेपाल ल्याउने र बुधबार अन्तिम श्रद्धाञ्जलीपछि दाहसंस्कार गरिने एमालेले जनाएको छ ।
स्वर्गीय गुप्ताका श्रीमती र चार छोरा छन् ।




प्रतिक्रिया