रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सोमबार बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो ।

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव र सांसदहरूबीच पनि छेडखानी तथा आरोप–प्रत्यारोप चलिरहेका बेला रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएको हो ।

सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधकाबीच रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेका हुन् ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष–सभापतिसहित दुईजनालाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गरेको बताए । उनले पछिल्ला घटनाक्रमसहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिले बैठक आह्वान गरेको बताए ।

संसद बैठक १८ जेठमा स्थगित बैठक सोमबार बस्दै छ । बैठकअगावै प्रतिपक्षसँग बढेको दूरी कम गरी संसद् बैठक सुचारु गर्ने काममा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाएका हुन् ।

त्यसक्रममा उनले आफ्नो भारत भ्रमणलगायत समसामयिक राजनीतिक विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारीसमेत दिने उद्देश्य रहेको छ ।