राप्रपाको केन्द्रीय समिति बैठक सर्‍यो

राप्रपाको केन्द्रीय समिति बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । यसअघि २८ र २९ जेठमा बस्ने भनिएको बैठक विशेष कारणवश ५ र ६ असारमा बस्ने गरी सारिएको हो ।

राप्रपाका अनुसार बैठकमा राजनीतिक, आर्थिक तथा सचिवालयसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरिनेछन् ।

साथै समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको धारणा, संगठनात्मक सुदृढीकरण, सबै तहका अधिवेशनहरूको तयारीलगायत विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।

त्यसैगरी आगामी महाधिवेशनको तयारी, कार्ययोजना तथा महाधिवेशनको मिति तय गर्ने विषयसमेत बैठकको प्रमुख एजेन्डा रहेको जनाइएको छ ।