सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ, किम जोङले गरे स्वागत

सात वर्षपछि उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ, किम जोङले गरे स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया पुगेका छन् । सि र उनकी पत्नी पेङ लियुआनलाई कोरियाका प्रमुख नेता किम जोङ उन र उनकी पत्नी री सोल जुलेले स्वागत गरेका छन् ।

सरकारी टेलिभिजन सीसीटीभीले प्रसारण गरेको भिडियोमा उनीहरू ताली बजाउँदै र मुस्कुराउँदै स्वागत गरिरहेको देखिन्छ। भिडियोमा रातो कार्पेट बिछ्याइएको तथा त्यसका दुवै किनारामा उत्तर कोरियाली सैनिकहरू उभिएको देख्न सकिन्छ।

यद्यपि भिडियोमा सि जिनपिङ र उनको प्रतिनिधिमण्डल प्रत्यक्ष देखिएका छैनन्। तर चिनियाँ समाचार संस्था सिन्ह्वाले किम र सिले हात मिलाएको तथा उत्तर कोरियाली बालबालिकाले सि र उनकी पत्नी पेङलाई फूल प्रदान गरेको जनाएको छ।

हाल दुवै देशका सरकारी सञ्चारमाध्यमहरूले दुई नेताबीच भइरहेको भेटवार्ता र गतिविधिबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। थप विवरण क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

सन् २०१९ यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सी को पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।

चीन र उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार हो, जसले उत्तर कोरियाको अधिकांश आधिकारिक व्यापार ओगटेको छ। उत्तर कोरियाको आणविक हतियार कार्यक्रमका कारण उसमाथि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागिरहेका बेला यो सम्बन्ध अझ महत्वपूर्ण बनेको छ।

यस वर्ष पनि दुई देशबीचको व्यापार बलियो रहेको छ। सन् २०२६ को पहिलो दुई महिनामा द्विपक्षीय व्यापार सन् २०२५ को सोही अवधिको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ।

उत्तर कोरियाले आफ्नो अधिकांश आयात चीनबाट गर्छ। यसमा इन्धन, खाद्यान्न, इलेक्ट्रोनिक सामग्री, मेसिनरी, सवारीसाधन तथा कपडा समावेश छन्। यसले चीनलाई उत्तर कोरियाली नेता प्ष्m व्यलन ग्ल माथि महत्वपूर्ण प्रभाव राख्ने अवसर प्रदान गरेको छ।