एमालेको प्रश्न-प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछाने भारत जानुमा कुनै तालमेल थियो ?

एमालेको प्रश्न-प्रधानमन्त्रीको अभिव्यक्ति र लामिछाने भारत जानुमा कुनै तालमेल थियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयं ससदमा आएर स्पष्ट पार्नेपर्ने अडान राखेको छ ।

बैठकमा उपस्थित एमालेका संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले बैठकमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिका विषयमा स्पष्ट नपारेसम्म आफूहरुले सदनमा विरोध जारी राख्ने बताएको जानकारी दिए ।

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले त्यसलाई स्पष्ट पार्न प्रधानमन्त्रीले संसद्‌मा आउनुपर्ने आफूहरुले अडान रहिरहेको उनको भनाइ थियो ।

‘जेठ १७ गते प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिने, १८ गते रास्वपा सभापति भारत जानुमा कुनै ट्युनिङ थियो कि थिएन भनेर बैठकमा कुरा राखेका हौंँ’, बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने ।

साथै ईपीजीको विषयमा भारतमा छलफल भयो कि भएन भनेर पनि आफूहरुले सभापति लामिछानेलाई सोधेको उनले बताए ।

‘भारतले हालै पनि सीमा मिचिरहेको छ । सुस्तामा एसएसबीले तटबन्ध रोकेको छ । यसबारेमा छलफल भयो कि भएन भनेर सभापति लामिछानेलाई सोध्यौं, तर स्पष्ट जवाफ आएन,’ महरले भने ।

महरले संसद्को गतिरोध अन्त्य गर्न आफूहरू चाहेको उल्लेख गर्दै त्यसका लागि सरकारले वातावरण बनाउन विपक्षी दलहरुले आग्रह गरेको पनि बताए ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति देशसँग जोडिएको विषय हो । यो रेकर्ड संसद्बाट मेटाउनुपर्छ भनेपछि सभापति लामिछानेले पहिलो दलमा छलफल गर्ने र सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे जानकारी गराउनुभयो । र प्रधानमन्त्रीसँग पनि यस विषयमा छलफल गर्ने भन्नुभएको छ’, उनले भने ।

उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा आएर यसको जवाफ दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ । यदि उहाँको त्यस्तो कुनै पनि खालको नियत होइन भने नत्र एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरू कुनै देशको भूमि मिचेको छ भन्ने कुरा संसद्को रोष्टमबाट भन्ने कुरा यो असाध्यै गम्भीर कुरा हो। राष्ट्रसँग जोडिएको विषय भएको उहाँको त्यो अभिव्यक्ति रेकर्ड संसद्बाट हटाउनुपर्छ।’