सीमाबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्रीले संसदमा प्रष्टीकरण दिनुहुन्छः रवि लामिछाने

सीमाबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्रीले संसदमा प्रष्टीकरण दिनुहुन्छः रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रष्टीकरण दिने बताएका छन् ।

आफैंले आयोजना गरेको सर्वदलीय बैठकमा सोमबार लामिछानेले परराष्ट्रमन्त्रीले प्रष्टीकरण दिने बताएका हुन् ।

लामिछानेले संसदमा जारी गत्यावरोध हटाउन आग्रह गरेपछि विपक्षीले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ मागेका थिए ।

रास्वपा महामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले आवश्यक परे परराष्ट्रमन्त्रीले जवाफ दिने बताएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

‘सदन अवरूद्ध हुने अवस्थालाई निराकरण गरेर जानुपर्छ भन्ने कुरा सभापतिज्यूबाट अनुरोध भयो । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रीले प्रष्टाउने केही कुरा राखेको छ । आवश्यक पर्छ भने त्यो कुरा सदनमा पनि राख्न सकिन्छ भन्ने कुरा सभापतिले राख्नुभएको थियो,’ बुर्लाकोटीले भने ।


तीन दिने भारत भ्रमण सकेर फर्किनुअघि आइतबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट््रमन्त्री खनालले प्रधानमन्त्रीको भन्दा केही फरक आशय व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शाहले सीमाको आधिकारिकताबारे इंग्ल्याण्ड (बेलायत) सरकारलाई पत्राचार गरिसकेको बताएका थिए । तर, खनालले भने सीमा विवादमा तेश्रो पक्षको संलग्नताको पक्षमा सरकार नरहेको बताए ।

उनले प्रधानमन्त्रीले बेलायतका पुस्तकालय वा संग्रहालयमा सीमांकनसम्बन्धी दस्तावेज भए अध्ययन गर्न सकिने सरकारको धारणा रहेको प्रष्टीकरण दिए ।

विपक्षी दलहरुले पनि भारतको सीमा मिचेको पुिष्ट गर्न वा उक्त भनाइप्रति माफी माग्न प्रधानमन्त्री स्वयं संसदमा उपस्थित हुनुपर्ने माग राखेर लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।