काठमाण्डु– श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको वचन सच्याउनुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विचार राख्ने उनले प्रधानमन्त्रीले सिमाका विषयमा बोलेको कुराबाट आफूहरु दुखी भएको बताएका हुन् ।
उनले भने ‘देश रहनका लागि भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुखी छौं । आक्रोशित छौं । उहाँले आफ्नो वचन सच्याउनुपर्छ,’ उनले भने, ‘उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ ।’ हामीले छिमेकी देशको जग्गा कहाँ कहाँ अतिक्रमण गरेका रहेछौं उहाँले स्पष्ट पारिदिनु पर्यो, होइन भने जनतालाई सम्वोधन गरेर आफ्नो भनाई सच्याउनुपर्छ ।’
यस्तै उनले नेपाली सेनालाई सीमा सुरक्षामा खटाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ । नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ,’ उनले भने ।




प्रतिक्रिया