काठमाण्डु– विपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएकाे हाे ।
यसअघि सभामुख डीपी अर्यालले १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका थिए ।
विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेका हुन्।
सभामुख अर्यालले बैठक सुचारु गर्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदले उभिएर विरोध जनाइरहेपछि बैठक स्थगित गरिएको हो ।





प्रतिक्रिया