करको दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग

करको दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन अघि बढाउन माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले करको दर हेरफेर गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद शाहीले छानबिन अघि बढाउन माग गर्दे अर्थ मन्त्रालयबाट नभइ संसदबाटै समिति गठन हुनुपर्ने बताए । उनले भने यो चुहावट कसरी भयो ? ‘करका दर हेरफेरको विषय कसलाई थाहा हुन्छ । सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन,’ शाहीले भने, ‘तर आज सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रन्छ । १४ गते भन्सार पास गरिन्छ । २० गते गाडी आउँछ । अनि चुवावट चाहिँ कसले गर्‍यो ?’

उनले थपे ‘देशको अर्थमन्त्रीमाथि छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ । त्यसबाट छानबिन गर्नुहोस् । करका दर हेरफेर गर्ने सूचना लिक गरेर आज कसरी आयो यो ? यो सामान्य कुरा हो ? भन्सारको कर्मचारीलाई थाहा हुने कुरा हो यो ?

यस्तै एमालेकी सांसद पद्मा अर्यालले पनि यस विषय गम्भीर भएको बताइन् । आर्थिक विधेयकको १६ पृष्ठ गायब हुनु सामान्य कुरा नभएकाे उनले बताइन् । उनले भनिन् ‘करका दर रेटहरू फेरबदल गरियो । चाइनाको बीवाईडी गाडीको घोटाला भएको कुरा सडकभरी छताछुल्ल भएको छ । भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर, गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ । यो गम्भीर विषय हो । बीवाईडी गाडीको प्रकरणमा शङ्का मात्रै होइन, स्पष्ट सङ्केत देखिएको छ। त्यहाँ घोटाला भएको छ हामी ठोकेर भन्न सक्छौँ ।’