काठमाण्डु– प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबनि गर्न संसदीय समिति गठन हुनुपर्ने माग उठेको छ ।
राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले संसदमा बजेट प्रस्तुत गर्नुअघि करका दर हेरफेरसम्बन्धी सूचना चुहाएकाले अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए ।
अर्थमन्त्रीबाहेक कसैलाई जानकारी नहुने करका दर हेरफेरको सूचना बाहिरिनुलाई शाहीले राजद्रोहको संज्ञा दिए ।
उनले केरला नाकाबाट ७ सय ५३ वटा बीवाइडी गाडी भित्रिएको विषयमा सरकारले गरिरहेको छानबिनमाथि आशंका व्यक्त गरे ।
‘करका दर हेरफेर गर्ने कुरा अर्थमन्त्रीबाहेक कसलाई थाहा हुन्छ ? नेपाल सरकारका सचिवलाई पनि थाहा हुँदैन । सीमित अर्थमन्त्री र र अर्थमन्त्रीले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा हुँदैन । सूचना लिक भएर ७ सय ५३ वटा गाडी केरला नाकाबाट भित्रिन्छ । १४ गते भन्सार पास हुन्छ । २० गते गाडी आउँछ । यो ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नभएर, यो चुहावट चाहिं कसले ग¥यो ?’, शाहीले भने, ‘ अनि सरकारले छानबिन समिति बनाउँछ बडा गजबको । आफैं छानबिन समिति बनाउने, अनि कर्मचारीलाई डाम्नेतिर जान्छ, हामीलाई थाहा छैन ?’
बजेट लेख्दा आफूबाहेक अरुलाई थाहा नहुने करका दरसम्बन्धी सूचना कसरी चुहियो भन्नेबारे अर्थमन्त्री वाग्लेले सदनलाई जवाफ दिनुपर्ने माग शाहीको छ ।
उनले अर्थमन्त्रीबाट त्यस्तो अपराध भएको ठहर भए राजद्रोहको मुद्धा चलाइनुपर्ने माग गरे । ‘यदि त्यस्तो अपराध गरेको ठहरेमा राज द्रोहको मुद्धा चल्ने नेपालमा कानूनी व्यवस्था छ । आज कसको आधारमा यो गरियो, यसको जवाफ अर्थमन्त्रीले
संसदमा दिनुपर्छ’, उनले भने ।




प्रतिक्रिया