काठमाण्डु– साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गरेको छ । यसदिन नेप्से २० अंकले घटेर परिसुचक २७३५ मा झरेको छ ।
यसदिन कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ५ अर्ब ६१ करोडको कारोबार भएकामा आज ४ अर्बको मात्र कारोबार भयो ।
कारोबारमा आएका ४१ कम्पनीको मूल्य घटेको छ भने २२३ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज कारोबारका आधारमा सेन्ट्रल फाइनान्स, लक्ष्मी बैंक डिबेन्चर, आँखु खोला जलविद्युत अगाडि रहे ।
यसदिन कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो भने क्रेष्ट माइक्रोलाइफ १३ प्रतिशत र सोपान फार्मास्यूटिकल्स लिमिटेडको ९ प्रतिशतले बढ्यो ।
यस्तै उपकार लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै ७ प्रतिशतले घट्यो ।
यसदिन फाइनान्स (०.२६ प्रतिशत) बाहेक सबै उपसुचक घटेका छन् । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।




प्रतिक्रिया